Logo
Logo

नेपालमा भित्रियो अमेरिकी ब्राण्डको ‘क्लिभल्यैण्ड’ मोटरसाइकल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ चैत । नेपाली बजारमा पहिलोपटक अमेरिकी ब्राण्डको ‘क्लिभल्यैण्ड’ मोटरसाइकल भित्रिएको छ । यो मोटरसाइकल आजु मोटर्स कम्पनीले नेपाल भित्राएको हो । उक्त मोटरसाइकलको सोमबार कम्पनीका निर्देशकद्वय आशिष श्रेष्ठ र प्रश्रय राजभण्डारीले पत्रकार सम्मेलन गरी शुभारम्भ गरे ।
चार वटा मोडलको उक्त मोटरसाइकल १२५ देखि २५० सिसीका रहेका छन् । १२५ सिसीको मोटरसाइकलले एक लिटर पेट्रोलले ४० किलोमिटर माइल दिने कम्पनीले जनाएको छ ।
अमेरिका, क्यानडा, जापान, दक्षिण अमेरिका र स्वीजरल्याण्डमा प्रख्यात उक्त ब्राण्डको मोटरसाइकल दक्षिण एसियामै पहिलोपटक नेपालमा भित्रिएको हो । उक्त मोटरसाइकलको मूल्य २ लाख ५० हजारदेखि ३ लाख ६० हजारसम्म पर्ने कम्पनीले जनाएको छ । यो मोटरसाइकलको शोरुम पानीपोखरीमा रहेको छ भने सर्भिस सेन्टर कमलादीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्