Logo
Logo

पूर्व मुमा बडामहारानी अस्पतालबाट डिस्चार्ज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ चैत ।

पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह डिस्चार्ज भएकी छिन् । स्वास्थ्य अवस्था सुधार आएपछि नर्भिक अस्पतालबाट उनी सोमबार बिहान डिस्चार्ज भएकी छिन्।


छातीमा खराबी देखिएपछि गत फागुन २१ गते शाहलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। डिस्चार्जका क्रममा पूर्वरानी कोमल शाह र पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले मधेश यात्रामा छन्। पूर्व बडामहारानी एक्लै नारायणहिटीभित्रै बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्