Logo
Logo

एक लाख घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ भदौ ।
जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिका वडा नं.३ स्थित श्री कृष्ण धार्मिक मा.वि. बसन्तपुरका विद्यालय व्यवस्थापन समितिका सदस्य बिजयनाथ चौवे एक लाख घुससहित पक्राउ परेका छन् ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

विद्यालयमा विज्ञापन गरिएको अंग्रेजी विषयको मा.वि. अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गराइदिने भन्दै उनले घुस मागेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले चौवेलाई सेवाग्राहीसँग घुस लिएको रकमसहित पक्राउ गरेको थियो । उनीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्