Logo
Logo

राष्ट्रपतिको आह्वानबारे निर्णय लिन बैठक बस्दै कांग्रेस


दृष्टि संवाददाता



काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो ।

बैठक आज (शुक्रबार) बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्