Logo
Logo

इजरायल युद्धविरामको लागि तयार


दृष्टि संवाददाता


काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि तयारी भएका छन् । इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव राखेको थियो, यो आपसी सहमति र ‘विना शर्त’ लागू हुने छ ।’

हमासको तर्फबाट पनि जारी गरिएको आधिकारिक बयानमा युद्ध बिरामको जानकारी दिइएको समाचार एजेन्सी रोयटर्सले लेखेका छन् । समाचार अनुसार बिहान २ बजे नेपाली समय अनुसार पौने ५ बजेदेखि इजरायलको साथ आपसी सहमतिबाट युद्धबिराम गर्न लागिएको हो ।

इजरायली सरकार सुरक्षा मामिलासम्बन्धी क्याबिनेटको बैठक पछि युद्धविरामको लागि तयार भएको गाजामा बीबीसीका संवाददाता रुश्दी अबुलफको भनाई छ ।

रुश्दीले युद्धविराम सम्बन्धी वार्ता सम्बन्धी स्रोतलाई उद्धृत गर्दै भनेका छन् ‘इजरायली पक्षले यस सम्बन्धमा इजिप्टलाई समेत जानकारी दिइसकेको छ ।’ यस विषयमा इजिप्टले पनि सक्रिय भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्