Logo
Logo

ज्ञानेन्द्र शैलीमा मध्यरातमा डकैती गरियो : वर्षमान पुन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्रीका लागि दाबी नपुगेको भन्दै राष्ट्रपतिले गरेको निर्णयलाई ‘मध्यरातको डकैती’ रहेकाे टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी प्रधानमन्त्री नियुक्तिका लागि अपुग रहेको भन्दै राष्ट्रपतिले गरेको निर्णय ज्ञानेन्द्र शाहको निर्णय जस्तै रहेको समेत उनले प्रतिकृया दिएका छन् ।

उनले ट्वीट गरेर भनेका छन– ‘मध्यरातमा डकैती गरियो÷ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

प्रतिक्रिया दिनुहोस्