Logo
Logo

‘ओली संविधान र गणतन्त्र मन नपराउनेहरुको गोटी’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय नेतृत्व गर्दै आएकी प्रचण्डपुत्री गंगा दाहालले केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको आरोप लगाएकी छन् ।

ओलीले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको बताउँदै उनले सामाजिक सञ्जालमा १ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट बिकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले जनमतको अपमान गरेको उल्लेख गरेकी छन् ।

‘संविधानको धज्जि उडाउँदै जनमतको अपमान गर्दै बारम्बार संसद बिघटन गर्ने निरंकुश केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेका छन् । नेपाली जनता धेरै सचेत भइसकेका छन् हिसाब राम्रै सँग राख्नेछन् १ संपूर्ण गणतन्त्र पक्षधरहरुले आ–आफनो ठाउँबाट प्रतिवाद गरौं ।’ दाहालले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्