Logo
Logo

सचिव बढुवामा अनिच्छुक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठ बरिष्ठताका आधारमा सचिव बढुवा हुन अस्वीकार गरेपछि अरु प्राविधिकले अवसर पाएका छन् । पछिल्लो पटक सचिव ओम वादे अवकाश भए । तर त्यसमा पनि श्रेष्ठले नमानेपछि सहसचिव माधव बेल्बासे बढुवा भएका छन् ।

महानिर्देशक श्रेष्ठले तीन पटक सचिव बढुवा हुने अवसर पाए । तर तीनै पटक अस्वीकार गरेका छन् । सडक विभागको महानिर्देशक आर्थिक दृष्टिले आकर्षक मानिन्छ । तर विशिष्ट श्रेणीको सचिव पदमा बढुवा हुने अवसर नै त्याग्नुलाई भने कर्मचारीबृत्तमा लोभीको संज्ञा दिन थालिएको छ । ‘सडक विभागमा बार्षिक १५ करोड रुपैयाँ पीसी आउँछ । त्यो पीसीको लोभ उनीमा जागेको हुनुपर्छ’, सडक विभागका एक इन्जीनीयरले भने, सचिव भएपछि सूचना आयोग, ऊर्जा आयोग वा प्रदेशमा पदस्थापन हुनुपर्ला भनेर पनि बढुवा हुन नचाहेको हुनुपर्छ । आगामी साउनमा दुई प्राविधिक सचिव अर्जुनकुमार कार्की र दीपेन्द्रनाथ शर्मा अवकाशपछि भने उनी बढुवा हुने योजनामा रहेको बताइन्छ । आर्थिक बर्षको अन्तिममा पीसी बुझिसकेपछि बढुवा हुने उनको दाउ छ ।
यसैबीच, २०७६ बैशाखदेखि असोजको बीचमा ६ भन्दा बढी सचिवले अवकाश पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया आगामी २०७६ बैशाख १४ गते अवकाश हुँदैछन् । साउन २३ मा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की, खानेपानी तथा सरसफाइ मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव विष्णुप्रसाद लम्साल साउनमा अवकाश हुनेछन् । भदौमा अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे पनि अवकाश हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्