Logo
Logo

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले: गगन थापा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि त्यसबारे प्रतिक्रिया दिँदै थापाले सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज काममा सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती यहीँ र यत्तिमै नरोकिने बताउँदै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छने, “सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला छैनन् ।,”

“नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं,” थापाले भने ।

प्रतिक्रिया दिनुहोस्