Logo
Logo

सातामा ४३ अर्बको सेयर कारोबार


दृष्टि संवाददाता


काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४३ अर्ब बढीको सेयर कारोबार भएको छ । कारोबार संगै नेप्से पनि १ सय ३ अंकले बढेको हो ।

यो सातामा २ सय २७ कम्पनीको कारोबार हुँदा ४३ अर्ब २९ करोड ७६ लाख ९७ हजार ६ सय ४२ रुपैयाँ बराबरका ८ करोड ८६ लाख ३८ हजार २ सय ८७ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यो भन्दा अघिल्लो सातामा २ सय ३२ कम्पनीको कारोबार भई २८ अर्ब ६१ करोड ६४ लाख १० हजार ७ सय १४ रुपैयाँ बराबरका ७ करोड ७९ लाख ३७ हजार २८ कित्ता सेयर कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले तेश्रो मौद्रिक नीतिको समिक्षा पछि सामान्य घटेको बजार साताभर भने सकारात्मक रहन पुगेको थियो । केन्द्रीय बैंकले १ सय २० दिनको औषत मूल्यलाई गणना गर्ने व्यवस्था परिवर्तन गर्दै १८० दिन पुर्याउने घोषणा गरेको भोलिपल्ट बजारमा केही अंक गिरावट आएको थियो । तर पनि सातामा नेप्से २ हजार ८ सय २२ अंक सम्म पुगेको थियो ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सेयर धितो कर्जाको ब्याजदर सस्तो हुनुले बजारमा सुधार देखिएको आकलन गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रमा सम्भावना नहुदाँ सानाठूला सबैथरि लगानीकर्ताको ध्यान सेयर बजारमै केन्द्रित हुन थालेको कारण बजार बढेपनि राजनीतिक अस्थितरताको कारण अबको दिन भने बजारलाई कठिन हुने अपेक्षा गरिएको छ ।

साताको पाँच दिन कारोबार भएको बजारमा साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि देखिएको थियो भने साताभर निरन्तर वृद्धि भएको बजारमा बुधबार मात्रै सामान्य गिरावट आएको हो । पहिलो दिन आइतबार २ हजार ६८४ दशमलव शून्य ९ को बिन्दुबाट सुरु भएको नेप्से सूचक ५४ दशमलव २१ अंकले बढेर २ हजार ७ सय ३८ दशमलव ३० को बिन्दुमा पुगेको थियो ।

सोमबार सुचक २० दशमलव ७१ अंकले र मंगलबार ३४ लशमलव ६८ अंकले सुचक बढेको हो । साताको चौथो दिन बुधबार भने बजार १३ दशमलव शून्य ९ अंकले घटेको थियो । तर साताको अन्तिम दिन बिहीबार ६ दशमलव ३७ अंकले बढेर २ हजार ७ सय ८७ दशमलव १९ अंकको अकमा पुगेका हो ।

प्रतिक्रिया दिनुहोस्