Logo
Logo

पुनरागमन जितसहित एट्लेटिको च्याम्पियन


दृष्टि संवाददाता


काठमाडौं । एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि हात पार्न सफल भएको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २—१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।

एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई २—१ को जित दिलाए ।

त्यसअई ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपनि ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।

अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २(१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो । तर दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात पार्‍यो ।

एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । एट्लेटिकोले ११औं पटक ला लिगा उपाधि जितेको हो । रियलले भने २००९(१० पछि यस सिजन कुनै पनि ट्रफी जित सकेन ।

यसअघि नै उपाधि हवडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा आइबरलाई १० ले पराजित गर्दै तेस्रो स्थानमा लिग सकाएको छ ।

प्रतिक्रिया दिनुहोस्