Logo
Logo

कोरोना रोकथामका लागि निर्धन उत्थानद्धारा दुई करोड १५ लाख सहयोग


दृष्टि संवाददाता


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ सक्रमणका लागि २ करोड १५ लाख ३१ हजार ४ सय रुपैयाँ आर्थिक अनुदान सहयोग प्रदान गरेको छ ।

देशको सातै प्रदेशको ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ संक्रमणको दोस्रो लहर बढ्दो क्रममा देखिएकाले संस्थाका ग्राहक तथा सदस्यहरू समेत प्रभावित भएकाले उनीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सबै शाखा कार्यालयमार्फत उपभोग गर्ने गरी उक्त आर्थिक अनुदान सहयोग प्रदान गरेको हो ।

यसरी प्रदान गरिएको रकमबाट संस्थामा आवद्ध सबै ग्राहक सदस्यले विषम परिस्थितिमा समेत आवश्यकताअनुसार छिटो÷छरितो आवश्यक स्वास्थ्य सतर्कता सामाग्री सावुन, सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामाग्री खरिद गरी कोराना भाइरसबाट सुरक्षित हुन ठूलो सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना भाइरस महामारीको प्रतिकूल अवस्थाको कारण ग्राहक सदस्यहरूका परियोजना आशिंकरूपमा बन्द भएकोले त्यस्ता ग्राहक सदस्यहरूलाई रु.२ करोड ९ लाख २९ हजार ७ सय व्यवसाय पुनस्र्थापनाको लागि राहत अनुदान प्रदान गरेको थियो ।

कोभिडका कारण सिर्जित विषम परिस्थितिका कारण संस्थाका ऋणी सदस्यहरूको व्यवसाय सञ्चालन सहज रूपमा संचालन हुन नसकेकोले आंशिक वा पूर्णरूपमा व्यवसाय बन्द भएका १८१ शाखा कार्यालयहरूका समस्यामा परेका तथा अति प्रभावित ७,२५० ऋणी सदस्यहरूलाई संस्थाले चालू आ.व. २०७७÷०७८ को २०७७ भाद्र माहिनामा प्रति ऋणी सदस्य रु.१०,०००।– का दरले रु.७ करोड २५ लाख रूपैया व्यवसाय पुनस्र्थापनको लागि आर्थिक अनुदान प्रदान गरेको थियो ।

देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सृजित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०७७ चैत्र मसान्तसम्म ३,७८,४५८ विपन्न गरीव परिवारलाई प्रभावकारीरूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको छ ।

अहिलेको समय सेवा गर्ने समय भएकाले संस्थाले समस्यामा परेकालाई राहत दिने गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए । विपतको अबस्थामा पहिलो प्राथमिकता जीवन रक्षा भएका कारण कम्जोर ऋणी सदस्यलाई उत्थान गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्