Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर छ्याप्ने विद्यार्थी पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिरमा गोबर छ्याप्ने विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका हुन् ।

बानेश्वरमा आईतबार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

नेपाल विद्यार्थी संघले आज पक्राउ परेका त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग गरेको छ । नेविसंघले लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न अब ढिलो गर्न नहुने समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्