Logo
Logo

देशभरका स्वास्थ्यकर्मीलाई टेलिकमको निःशुल्क भ्वाइस कल सेवा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल टेलिकमले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका देशका सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई निशुल्क फोन कल सुबिधा दिने भएको छ ।

कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत एक महिना सित्तैमा भ्वाइस प्याक उपलव्ध गराउने भएको हो ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आइतबार नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ परिषद, फार्मेसी परिषद, आयुर्वेद चिकित्सा परिषद् लगायतका सबै स्वास्थ्यका नियमक निकायका प्रमुखले सो सुविधा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सुबिधा लिनका लागि सबै स्वास्थ्यकर्मीले सम्बन्धित परिषदले दिएको अनलाइन लिंकमा गएर फर्म भर्नुपर्ने हुन्छ । यसका साथै स्वास्थ्यकर्मकै नाममा दर्ता भएको नम्बरमा मात्र उक्त सुबिधा लिन पाइन्छ ।

यदी कोही स्वास्थ्यकर्मीसँग नम्बर छैन भने परिषदले उपलब्ध गराउने लिंकमा गएर नम्बरका लागि आवेदन समेत दिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्