Logo
Logo

ह्यारी केनले जिते तेस्रो पटक गोल्डेन बुट


दृष्टि संवाददाता


काठमाडौं । टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । २०२०/२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक गोल गर्दै उक्त अवार्ड जितेका हुन् ।

उनले सिजनभर कूल २३ गोल गर्दै लिभरपुलका मोहम्मद सालाहलाई एक गोलले पछि पारे । केनले सर्वाधिक गोल गर्नुका साथै सर्वाधिक १४ असिस्ट समेत गरे । उनी सन् १९९३ देखि हुन थालेको आधुनिक प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल असिस्ट गर्ने पहिलो खेलाडी समेत बने ।

दोस्रो स्थानको प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । केनले यसअघि २०१५/१६ र २०१६/१७ को सिजनमा गोल्डेन बुट अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्