Logo
Logo

२४ घण्टामा सात हजार १३५ कोरोना संक्रमित निको


दृष्टि संवाददाता


काठमाडौं। देशभर ७ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा सात हजार १ सय ३५ कोरोना संक्रमित निको भएका हुन् ।

योसँगै हालसम्म कोरोनालाई जित्नेको संख्या ३ लाख ९८ हजार ४८३ जना पुगेका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट ७६ दशमलव ६ प्रतिशत निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो।

थप १८५ जना संक्रमितको मृत्यु भएको छ । देशभर ९ सय २४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्