Logo
Logo

गोरखामा भेटियो संरक्षित कालो सालक


दृष्टि संवाददाता



काठमाडौं । गोरखामा संरक्षित कालो सालक भेटिएको छ । जिल्ला वन कार्यालय गोरखाका अनुसार गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको छ ।

सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलको भनाई छ ।

गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ । ‘गोरखामा पहिलो पटक सालक भेटिएको होइन । यस अघि गोरखा नगरपालिका र पालुङटारमा पनि धेरै फेला परेका छन,’ सूचना अधिकारी पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्