Logo
Logo

काठमाडौंमा बिष्फोट गराउने विप्लवका कार्यकर्ता इन्कान्टरमा जोगिए, चार जना पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ चैत ।
नेत्रबिक्रम चन्द ‘विप्लव’का चार नेता इन्काउन्टरबाट जोगिएका छन् । दोहोरो फायरीङपछि उनीहरुलाई प्रहरीले मंगलबार काभ्रेमा पक्राउ गरेको छ ।

म्यानपावर व्यवसायी रोहन गुरुङ र दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल टावरमा विस्फोट गराउने चार जना पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेहरूमा विशाल तामाङ ,शिव धिमाल, देकेन्द्र राई र भुमबहादुर बिक छन् । एक जना भने भागेका छन् ।
काभ्रेको रोशी गाउँपालिका– २ मा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्