Logo
Logo

खिमलाल देवकोटाले आज सपथ ग्रहण लिँदै


दृष्टि संवाददाता



काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आज सपथ लिदैछन् । गएको ६ जेठमा राष्ट्रियसभाको उपनिर्वाचनबाट देवकोटा निर्वाचित भएका थिए ।

देवकोटा बागमती प्रदेशबाट नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो ।

रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए । तर कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेको देवकोटा विजयी भए ।

प्रतिक्रिया दिनुहोस्