Logo
Logo

प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ


- दृष्टि न्युज/संवाददाता


प्रम ओलीबाट शेयर खरिद शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरिदको शुभारम्भ गर्दै । तस्बिरः रासस

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’को शेयर खरीद गरी बिहीबार ‘जनताको शेयर आवेदन’ शुभारम्भ गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए । यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही ११ चैतसम्म जारी रहनेछ ।
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ को नारासहित सो कार्यक्रम गत २ फागुन २ गते उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्