Logo
Logo

कोरोनाबाट ११६ जनाको मृत्यु, ४ हजार ४८७ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ११६ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४८७ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १४ हजार ६ को परीक्षण गर्दा ४ हजार ३११ र एन्टिजेन विधिबाट ७४६ जनाको परीक्षण गर्दा जम्मा १७६ ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या १ लाख ११ हजार ५०९ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्