रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन « Drishti News – Nepalese News Portal
Logo

रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन


दृष्टि संवाददाता


काठमाडौं । सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्