Logo
Logo

सरकारले १० जिल्लामा कागती खेती विस्तार गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेपाल सरकारले १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गरेका हुन् ।

उक्त घोषणा गरेसँगै स्याङ्जा कृषकहरु उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै आएकोमा कागती खेतीसमेत विस्तार हुने भएपछि कृषकहरु उत्साहित भएका हुन् ।

चापाकोट–१० का किसान यामप्रसाद भट्टराईले कागती खेतीको विस्तार गर्ने खबरले आफूलाई निकै खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्