Logo
Logo

दुवाकोटको वीर अस्पताल राष्ट्रिय गौरवका आयोजनामा समावेश


दृष्टि संवाददाता


काठमाडौं । सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ । चिकित्सा विज्ञा प्रतिष्ठन (न्याम्स) अन्तरगत वीर अस्पतालको शाखाका रुपमा सो स्थानमा छुट्टै अस्पताल सञ्चालित छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नयाँ भवनका लागि आगामी आव भित्रमा विस्तृत परियोजन प्रतिवेदन तयार पार्नका लागि बजेट विनियोजन गरिएको छ । सो अस्पतालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने उजको भनाई छ ।

बजेटमा परिवर्तित जीवनशैली, खानपानका कारणले बढ्दै गएको उच्चरक्तचाप, मधुमेह, मुटु तथा क्यान्सर र नसर्ने रोगका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहितको विशिष्टकृत अस्पताल निर्माण गरिने उल्लेख छ ।

चालीस वर्षभन्दा माथिका नागरिकको रक्तचाप, रगत, पिसाव जाँच र स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको बर्षमा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको तथा आगामी बर्ष तीन प्रदेशमा ९ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्