Logo
Logo

राजपा–फोरमबीच पार्टी एकताको पहल सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ चैत । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकता पहल सुरू भएको छ । पार्टी एकताका लागि छलफल गर्न दुवै पार्टीले कार्यदल गठन गरिसकेका छन ्।
करिब एक महिनाअघि नै फोरमले राजपालाई पार्टी एकताका लागि पत्र पठाएको थियो । राजपाले बुधबार फोरमलाई एकताका लागि आफूहरू सकरात्मक रहेको जवाफ पठाएको थिए । राजपाले एकता प्रक्रियाका लागि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति पनि बनाएको छ ।
फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पार्टी एकताका लागि वार्ता समिति गठन गरेको छ । राजपाले आफ्नो पार्टीको प्रस्तावलाई सकरात्मक रूपमा लिएको फोरमका महासचिव रामसहाय प्रसाद यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्