चेल्सीलाई दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि « Drishti News – Nepalese News Portal
Logo

चेल्सीलाई दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि


दृष्टि संवाददाता



काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पोर्टोमा आयोजित रोमाञ्चक फाइनल खेलमा काइ हाभर्टजको एक मात्र गोल निर्णायक बनेको हो ।

पहिलो हाफको ४२ औँ मिनेटमा मेसन माउन्टको पासमा हाभर्टजले सिटीका गोलकिपर एडर्सनलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए । पहिलो पटक प्रतियोगिता जित्ने होडमा रहेको सिटीले प्रिमियर लिगमा जस्तै खेल प्रदर्शन गर्न असफल भए ।

फाइनलमा बोल्ड टीम सेलेक्सन गरेका पेप ग्वार्डिओलाको योजना विफल देखियो । बार्सिलोनाका पूर्व प्रशिक्षकले फर्नान्डिन्हो र रोड्रीलाई बेञ्चमा राख्दै आक्रामक लाइनअपलाई मैदानमा उतारेका थिए । तर, उनीहरुको अनुपस्थितिमा टोलीले मिडफिल्डमा नियन्त्रण जमाउन सकेन ।

यता, गत सिजन पेरिस सेन्ट जर्मेनको नेतृत्व सम्हाल्दा फाइनल गुमाएका थोमल टुकलले भने यो सिजन चेल्सीलाई सन् २०१२ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्