Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान


दृष्टि संवाददाता



काठमाडौं । आज देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जारी विवरणमा उल्लेख छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्