Logo
Logo

बेलायतका प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी प्रेमिकासँग ‘गुपचुप’ विवाह


दृष्टि संवाददाता


काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफुभन्दा २३ बर्ष कान्छी प्रेमिकासँग ‘गुपचुप’ विवाह गरेका छन् । ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग लगनगाँठो कसेको ब्रिटिस अखबारहरूले जनाएको छ ।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ ।

जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन । विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो ।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए । उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् । जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्