Logo
Logo

सेयर बजारमा बजेटको सकारात्मक असर, सर्वाधिक कारोबारसँगै नेप्से नयाँ उचाइमा


दृष्टि संवाददाता


काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ । साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार भएसँगै नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ।

आइतबार नेप्से परिसूचक १२ दशमलव ५४ अंक बढ्दै २ हजार ८ सय २७ दशमलव ९३ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि गत साताको सोमबार नेप्से २ हजार ८ सय २३ दशमलव ४० विन्दुमा बन्द भएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३ दशमलव ३५ अंक बढेर ५ सय ७ दशमलव ०५ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १ दशमलव ५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ०६ अंक बढेको छ।

बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक असर सेयर बजारमा परेको छ । सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आइतबार त्यो रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघेको छ ।

नेप्सेले नयाँ उचाइ चुमेसँगै १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक शाइन डेभलपमेन्ट बैंक, सोल्टी होटल, आरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीहरु परेका छन्।

प्रतिक्रिया दिनुहोस्