
काठमाडाैं । कोरोना भाइरसको संक्रमणको दर घट्दै जान थालेपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्न विज्ञले सुझाव दिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको कोभिड प्रेस ब्रिफ्रिङमा इपिडिमियोलोजिष्ट डा. विराज कर्मचार्यले निषेधाज्ञा खुकुलो पार्दै जान सकिने बताएका हुन् ।
पहिलाको तुलनामा अहिले पाँच प्रतिशतले कोभिड संक्रमित संख्या घटेको भन्दै विस्तारै निषेधाज्ञा खुकुलो पार्न सकिने बताएका हुन् ।
उनका अनुसार कोभिड संक्रमणको नियमित निगरानी गर्ने, जनस्वास्थ्य तथा स्वास्थ्यसेवाको क्षमता वृद्धि गर्ने, समुदायमा सावधानी बढाउने, सीमा व्यवस्थापनको लागि उपायहरु गर्ने, खोपको व्यवस्थापन गर्ने र तथ्यांकको संकलन र सही उपयोग गर्ने गरिएमा निषेधाज्ञा खुकुलो बनाउँदै जान सकिने बताए।











