Logo
Logo

चिबेइजिङ जाँदै चिनियाँ खोप लिन वायुसेवाको विमान


दृष्टि संवाददाता



काठमाडौं । कोरोना विरुद्धको खोप लिनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको हो ।

चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको उनले बताए ।

विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किनेछ । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्