कोरोनाको नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ « Drishti News – Nepalese News Portal
Logo

कोरोनाको नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा बढी पक्राउ परेका छन् ।

प्रहरीले भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको छ । उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो । भारतमा बितेको चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्