Logo
Logo

एमाले स्थायी कमिटी बैठक फेरि सर्‍यो


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ पाँच बजेका लागि बैठक बोलाएका थिए ।

ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो । तर सोमबार बस्ने भनिएको बैठक पनि स्थगित हुने भएको छ ।

आज सरेको बैठक भोली (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको छ । पछिल्लो समय एमालेमा ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यबाट निष्काशन गरेको छ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्न अरू १२ जनालाई पनि स्पष्टीकरण सोधिएको छ । उनीहरूले उक्त स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

ती सांसदहरूमाथि कारबाही गर्न स्थायी कमिटी बैठक बस्न लागेको बताइएको थियो। आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्