Logo
Logo

बैतडीको जयपृथ्वीमा जीप दुर्घटना, चालकसहित तीन घाइते


दृष्टि संवाददाता


बैतडी । बैतडीको जयपृथ्वी राजमार्गमा आज बिहान जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बझाङको केदारस्यु गाउँपालिका ३ का १९ वर्षीय सुनिल खाती, केदारस्यु गाउँपालिका २ का २५ वर्षीय भानुभक्त रावल र जीप चालक वित्थडचिर गाउँपालिका ४ का २३ वर्षीय चन्द्र अधिकारी रहेका छन् ।

घाइतेमध्ये जीप चालक अधिकारीको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था मध्यम रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घाइतेहरुको खोडपेस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । धनगढीबाट बझाङ जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप बिहान साढे ५ बजे जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विन्द्रावनमा दुर्घटनामा परेको हो ।

जीप सडकबाट एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्