Logo
Logo
जसपा विवाद

बाबुरामले भने- ‘मान्छे किनबेचको तमासा नगरौं, हात मिलाएर आ-आफ्नो बाटो लागौं’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा यतिबेला दुईधार देखिएको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्ने विवादले यतिबेला पार्टी फुटको संघारमा पुगेको छ ।

यसबीच संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने लाईनमा छन् । तर पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई-उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा पक्षमा देखिएका छन् ।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिएका बेला भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले भनेका छन्- ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आ-आफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेट हुनेछ !’

प्रतिक्रिया दिनुहोस्