ओली-महन्थ बैठक: ८ मन्त्री र दुई राज्यमन्त्री दिने तयारी « Drishti News – Nepalese News Portal
Logo

ओली-महन्थ बैठक: ८ मन्त्री र दुई राज्यमन्त्री दिने तयारी


दृष्टि संवाददाता


तस्विर : फाईल


काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबीच छलफल भएको छ । प्रधामन्त्री निवास बालुवाटाुमा जसपा सरकारमा सहभागीताको विषयमा छलफल भएको हो ।

स्रातेका अनुसार ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुनेछ । जसपामा एक पक्षले अर्को पक्षलाई कारवाहीको तयारी भइरहेकै बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुँदैछ ।

स्रोतका अनुसार जसपाका अन्य मागको बारेमा पनि छलफल हुनेछ । छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको स्रोतको भनाई छ । ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी हुने तयारीमा लागेका छन् ।

नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग ओलीले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने तयारी गरेको स्रोतको भनाई छ ।

ठाकुर निकट स्रोतका अनुसार कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको थियो । आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्