Logo
Logo

असईसहित तीन प्रहरी रक्सी चोर !


दृष्टि संवाददाता


जनकपुरधाम । रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय सिराहाले निलम्बन गरेको हो ।

सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माका अनुसार उनीहरुलाई लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा निलम्बन गरिएको हो ।

प्रवक्ता शर्माका अनुसार निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको हो ।

गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाई निलम्बन गरी थप अनुसन्धान गरिरहेको शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्