Logo
Logo

सेयर बजारमा करेक्सन, कारोबार साढे १३ अर्बमाथि


दृष्टि संवाददाता


काठमाडाैँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करेक्सन देखिएको छ। बजार ४५ अंकले घट्दै नेप्से परिसूचक २ हजार ८ सय ८३ अंकमा झरेको छ। 

आइतबार एकैदिन १७ अर्ब रुपैयाँको रेकर्ड कारोबार भएकोमा सोमबार भने १३ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। सोमबार झण्डै तीन करोड कित्ता सेयर किनबेच भएको छ। 

२१८ कम्पनीको १ लाख ४८ हजार ७ सय १५ पटकको कारोबारमा १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन हालसम्मकै उच्च १७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

सोमबार २१ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ। बाँकी चार कम्पनीको सेयर मूल्य भने स्थिर छ। इतबारसम्म निकै राम्रो बढेको होइड्रोपावर कम्पनीहरुको सेयर मूल्य सोमबार भने घटेको छ ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५ अंक भन्दा धेरै घटेको छ । समग्रमा बजार हाइड्रोपावर समूहको सबइन्डेक्स ४ दशमलव ३१ प्रतिशत अर्थात १ सय २९ दशमलव ९३ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्