Logo
Logo

कोरोना रोकथाममा वागमती प्रदेशकाे ३१ करोड ८९ लाख खर्च


दृष्टि संवाददाता


हेटाैँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना रोकथामका लागि ३१ करोड ८९ लाख बजेट उपलब्ध गराएको बताएका छन् ।

प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सोमबार बसेको दोस्रो बैठलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विभिन्न शीर्षकमा गरेर ३१ करोड ८९ लाख बजेट खर्च भएकाे बताएका हुन् ।

सरकारले हाल प्रदेश मातहतका अस्पतालमा आईसोलेशन बेड, आईसियु बेड स्थापना र पिसीआर मेशिन तथा टेष्ट किट खरिद गर्दै ल्याब व्यवस्थापन तथा उपकरण खरिदका लागि २० करोड , सिभिल अस्पतालमा १५० कोभिड बेड सञ्चालनका लागि २ करोड २४ लाख उपलब्ध गराएकाे मुख्यमन्त्री पाैडेलले बताए ।

यस्तै, १ सय १९ स्थानीय तहका लागि कोभिड १९ रोकथाम उपचारका लागि ९ करोड ३५ लाख र सिन्धुली अस्पतालमा अक्सिजन बुस्टर जडानका लागि ३० लाख बजेट उपलब्ध गराइएको उनले बताए ।

प्रदेशका ५ वटा अस्पताल र एक प्रयोगशालामा पीसीआर ल्याब रहेको र बाँकी अस्पतालमा ल्याब स्थापना गर्न पहिलो चरणमा ४ अस्पतालका पीसीआर मेशिन खरिद प्रक्रिय सुरु भएको उनले बताए।

पौडेलले विभिन्न अस्पतालहरुको माग अनुसार ४ करोड ५० लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि पठाएको र अस्पतालहरुका सुदृढिकरणका लागि प्रदेशमा थपिएका ५ अस्पतालहरुलाई ५ करोड ५० लाख बजेट जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्