Logo
Logo

‘ब्ल्याक फंगस’ भएका कोरोना संक्रमितको वीर अस्पतालमा शल्यक्रिया


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण ब्ल्याक फंगस भएका एकजना पुरुषको वीर अस्पतालमा शल्यक्रिया गरिएको छ।

सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएपछि उनको अस्पतालमा सोमबार शल्यक्रिया भएको हो।

वीर अस्पतालका नाक, कान, घाँटी सर्जन त्रिदीप बहादुर पन्थको नेतृत्वमा डा बोनू गौडेल, डा सदिन कायष्ठ, डा आशिष गौतम, एनेस्थेसियाका चिकित्सकहरु डा अनुज जंग कार्की, डा उज्वल ठाकुर र डा एलिस मिश्रा र नर्सहरु इश्वरी राजभण्डारी र सुवर्ण सिंह श्रेष्ठको टोलीले शल्यक्रिया गरेका हुन् ।

सर्जरी पछि थप औषधि उपचारका लागि कोभिड आइसीयूमा चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ ।

संक्रमणपछि ब्ल्याक फंगसका कारण दाहिने आँखाको दृष्टि गुमिसकेको र देब्रे आँखाको दृष्टि पनि कम भएको थियो । फंगसका कारण गुमिसकेको दाहिने आँखाको दृष्टि फर्कन भने नसक्ने चिकित्सकले बताएका छन् ।

वीर अस्पतालमा कोभिड संक्रमित बिरामीको ब्ल्याक फंगसको शल्यक्रिया भएको यो पहिलो पटक हो।

चिकित्सकका अनुसार कोभिड संक्रमण भइ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा साथै रगतमा सुगरको मात्रा धेरै वृद्धि हुँदा ब्ल्याक फंगस हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्