Logo
Logo

सुदूरपश्चिम एमालेद्वारा छ मन्त्री सहित सात जनालाई कारबाही


दृष्टि संवाददाता


फाईल तस्विर

काठमाडौं । पार्टी विरोधी काम गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका छ मन्त्रीसहित सात जनालाई साधारण सदस्यसमेत नरहने कार्वाही गरेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापाले माओवादी नेतृत्वमा सरकारमा मन्त्रीण्डल विस्तार गरेको ,२४ घण्टे स्पष्टिकरणको जवाफ नदिएको, समानान्तर कमिटी बनाउनुका साथै राष्ट्रिय भेला गर्ने लगायतका पार्टी विपरित कार्य गरेकाले कार्वाही गरिएको बताउनुभयो । सोमबारको बैठकले कार्वाहीको निर्णयगरी केन्द्रमा जानकारीका लागि पठाइएको समेत अध्यक्ष थापाले जनाउनुभयो ।

गत सोमबार स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उक्त निर्णयविपरित सरकारमा सहभागी भएका तीन मन्त्री, तीन राज्यमन्त्री र एक सचेतकलाई प्रदेश कमिटीले कार्वाही गरेको अध्यक्ष थापाले बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाही गरिएको छ ।

त्यस्तै सचेतक दुर्गा विकलाई पनि कारबाही गरिएको अध्यक्ष थापाले बताउनुभयो ।प्रदेश सरकारमा एमालेले समर्थन फिर्ता लिइसकेपछि एमालेको तर्फबाट ६ मन्त्री नियुक्त भएका थिए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्