Logo
Logo

७.३ % ले खुम्चियो भारतीय अर्थतन्त्र


दृष्टि संवाददाता


नयाँदिल्ली । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ ।

यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ ।

गत आवभरी भने अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर यस अघि गरिएको प्रक्षेपणभन्दा चाँहि कम हो । फेब्रुअरीमा गरिएको दोस्रो प्रक्षेपणमा अर्थतन्त्र ८ प्रतिशतले खुम्चने अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०१९र २० मा भारतीय अर्थतन्त्र ४ प्रतिशतले बढेको थियो । सो वर्षभरि ग्रस भ्यालु एडेड (जीभीए) भने ६ दशमलव २ प्रतिशतले खुम्चिएको छ ।
जीभीएले अर्थतन्त्रमा भएको वास्तविक वृद्धिको सही तरिकाले मूल्यांकन गर्दछ ।

पहिलो र दोस्रो त्रैमासमा अर्थतन्त्र करीब २४ प्रतिशत र साढे ७ प्रतिशतले खुम्चिएको थियो । तेस्रो त्रैमासमा भने अर्थतन्त्रमा शून्य दशमलव ५ प्रतिशतको वृद्धि देखियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्