Logo
Logo

घट्यो नेप्से परिसूचक, १४ अर्बको शेयर कारोबार


दृष्टि संवाददाता


काठमाडौं । साताको दोस्रो कारोबार सोमवार शेयर बजारमा सोमवार उच्च अंकको करेक्सन भएको छ । आइतवार सर्वाधिक विन्दुसहित सर्वाधिक रकमको कारोबार भएको शेयर बजारमा यो दिन भने उच्च अंकको करेक्सन भएको हो ।

यो दिन १ दशमलव ६० प्रतिशत अर्थात् ४५ दशमलव २५ अंकले घटेर नेप्से परिसूचक २ हजार ७८२ दशमलव ६८ विन्दुमा बन्द भएको छ ।आइतवार १२ दशमलव ५४ अंक अर्थात् शून्य दशमलव ४५ प्रतिशत बढेर हालसम्मकै उच्च विन्दु २ हजार ८२७ दशमलव ९३ मा पुगेर बन्द भएको बजार सोमवार २ हजार ८४२ दशमलव २८ विन्दुदेखि खुलेको थियो ।

यो दिन बजारले २ हजार ८५० दशमलव १८ विन्दुसम्म कायम गरेको थियो । पछिल्लो समय शेयर बजारमा देखिएको कारोबार रकमको उत्साह भने यो दिन पनि कायमै रहेको छ । आइतवारको तुलनामा भने सोमवार कारोबार रकम भने घटेको छ ।

आइतवार रू। १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो । सोमवार भने रू। १३ अर्ब ८९ करोड ८ लाख ८८ हजार बराबरको ३ करोड ८ लाख ५४ हजार ७० कित्ता शेयर कारोबार भएको हो । यो दिन कारोबार रकममा सर्वाधिक हिस्सा राधी विद्युत् कम्पनीले ओगटेको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्