Logo
Logo

आज चीनबाट नौ लाख डोज खोप आउँदै


दृष्टि संवाददाता


काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले अनुदानको घोषणा गरेको नौं लाख डोज खोप एक सातामै मंगलबार काठमाडौं आउँदै छ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सले ल्याउँदैछ ।

राष्ट्रपति सीले १२ जेठमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए  । त्यसको भोलिपल्ट चीन सरकारले भण्डारमा खोप तयार भएको भन्दै तत्कालै लैजान नेपाललाई आग्रह गरेको हो ।

मंगलबार बिहान बेइजिङ पुग्ने नेपाल एयरलाइन्सको जहाज दिउँसो २ बजे खोप बोकेर काठमाडौंमा अवतरण हुने बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालको भनाई छ । चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित खोप भण्डारबाट नेपाललाई खोप उपलब्ध गराएको हो ।

चिनियाँ साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप आउन लागेको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्