एमाले विभाजन रोक्न दुवै पक्षका नेताबीच छलफल « Drishti News – Nepalese News Portal
Logo
एमाले विवाद

एमाले विभाजन रोक्न दुवै पक्षका नेताबीच छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताबीच सोमवार पनि राति अबेरसम्म याक एण्ड यति होटलमा छलफल भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ ।

बैठकमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको पक्षबाट र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए ।

वार्ताको विस्तृत विवरण प्राप्त नभए पछि पार्टी एकताको सहमति खोज्ने प्रयासमा नेताहरु स्थायी कमिटी बैठकको पूर्वसन्यामा जुटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थायी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका बाँकी १२ सांसदमाथिको कारवाहीबारे निर्णय हुने स्रोतको भनाई छ । थप कारवाही एक दुई दिन रोकिन सक्ने बुझिन्छ ।

त्यस्तै बैठकमा सत्ता गठबन्धनमा जसपाको सहभागिताको बारेमा पनि अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराइनेछ । पार्टीविरुद्ध गतिबिधि गरेको, कांग्रेसलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर राष्ट्रपति समक्ष र अदालत गएको तथा ह्वीप उल्लंघन गरेको जस्ता अभियोगमा पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ ।

सुृरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट र विरोध खतिवडालाई एमालेले स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्