Logo
Logo

२४ घण्टामा ५ हजार २८५ कोरोना संक्रमित, ६८ मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १७ हजार १ सय ४७ पीसीआर परीक्षण गर्दा ५ हजार २ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोनबाट संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५ सय ९७ पुगेको छ । यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ६८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्