Logo
Logo

संक्रमण र मृत्युदर घट्दो


दृष्टि संवाददाता


काठमाडौं । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ६८ जानकोम मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ४५४ जनामो मृत्यु भएको छ ।

आज १७ हजार १४७ पिसिआर र तीन हजार १८ एन्टीजेन परीक्षण गर्दा ५ हजार २ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म ५ लाख ६६ हजार ५ सय ९७ २ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ पुगेको छ ।

सङ्क्रमितमध्ये चार लाख ५४ हजार ३४४ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ८० २ प्रतिशत रहेको छ । एक लाख ४ हजार ७८९ सङ्क्रमित आइसोलेनसमा छन् ।

आज छ हजार ८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्