Logo
Logo

वीर अस्पतालको सर्जिकल भवनमा कोरोना उपचार सुरु


दृष्टि संवाददाता


काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरेसँगै नयाँ भवनमा मंगलबारदेखि बिरामी भर्ना गरेर उपचार दिन थालिएको हो ।

मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको छ भने क्सिजन सिलिण्डर र लिक्विड अक्सिजनको व्यवस्था गरिएको छ ।

केही दिन भित्रै अस्पतालमा एक सय शय्याको पु¥याइने कोरोना युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमले जानकारी दिए । बिरामीको चाप र आवश्यकता अनुसार ५ सय शय्या नै सञ्चालन गर्न पनि तयारी अवस्था रहेको डा गौतमले जानकारी दिए ।

नयाँ भवनमा बिरामीको उपचार तथा केयरमा खटाउन वीर अस्पतालले आवदेन माग गरेको मध्येबाट १५ जना नयाँ नर्सिङ स्टाफलाई बोलाइएको र थप जनशक्ति अस्पतालमै भएका जनशक्तिबाट व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्