Logo
Logo

उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । सरकारले उपचार वापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो ।

सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्