Logo
Logo

सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्याे


दृष्टि संवाददाता


काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। सोमबार ४५ अंकको गिरावट आएको बजारमा मंगलबार पनि ११ अंकले घटेको छ।

२ हजार ७ सय ९९ विन्दुसम्म पुगेको बजार सूचक २ हजार ७ सय ५१ सम्म तल आएको थियो। अन्तत ११ दशमलव ६८ अंक घटेर बजार बन्द भएको छ।

दिनभरीमा ८ अर्ब ५९ करोड रुपैयाँको मात्र धितोपत्र किनबेच भएको छ। मंगलबार बिकास बैंक, फाइनान्स र अन्य सूचक बढेको छ। बाँकी सबै घटेका छन् ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहको सूचकमध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक छन्। जसमा होटल एण्ड टुरिजम उपसमूहको सूचक सबैभन्दा धेरै २.५९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्